आजदेखि १४ दिनका लागि मुग्लिन सडक बन्द

रिपोर्ट नेपाल | 2019 May 30 | 06:13 am 1932

मुग्लिन, जेठ १६ आज (बिहीबार)बाट पृथ्वीराजमार्गअन्तर्गत मुग्लिनको सडकखण्ड १४ दिनका लागि बन्द हुने भएको छ । त्रिशूली नदीमाथि निर्माण भइरहेको आर्कब्रिजको निर्माणकार्य अन्तिम चरणमा रहेकालेकाम छिटो सक्न सडक बन्द गरिन लागेको हो ।

चितवन र तनहुँ जोड्ने सो आर्कब्रिजको दुवैतर्फको सडकको पर्खाल सतह कटिङ गरी टेवा पर्खाल लगाउने तथा सडक कालोपत्रको काम का लागि यस्तो सुचना जारी गरिएको छ । आज (जेठ १६) देखि ३० गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजे र राति ९ बजेदेखि २ बजेसम्म सडक बन्द गरिनेछ ।

विसं २०७५ को मसान्तमा काम सम्पन्न गर्नुपर्नेमा ठेकेदार कम्पनी एलाइट एड्भेञ्चर लोहनी जेभीले विविध कारण देखाउँदै थप गरेको समय यही जेठ मसान्तमा सकिँदैछ । एक सय ६० मिटर लामो सो पुलको भाग १२० मिटर रहेको छ । सात दशमलव पाँच मिटरमा गाडी गुड्ने गरी बनाइएको पुल फुटपाथसहित ११ मिटर चौडा रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.