काठमाडौं, वैशाख ४ : नेपाली बजारमा बुधबार बजारमा सुनको भाउ घटेको छ भने चाँदी बढेको छ ।
अघिल्लो दिनको तुलनामा सुनको भाउ ३ सयले घटेको छ । मंगलबार तोलामा ५९ हजार ६ सयमा कारोबार भएको सुनको भाउ बुधबार घटेर ५९ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिए ।
यस्तै तेजावी सुन तोलमा ५९ हजारमा कारोबार भइरहेको छ । बुधबार चाँदीको भाउ भने ५ ले बढेको छ त्यस्तै मंगलबार तोलामा ७२० मा कारोबार भएको चाँदीको भाउ बुधबार ७२५ मा कारोबार भइरहेको बताएको छ ।