काठमाण्डौ, वैशाख ९: सोमबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ । सोमबार तोलाको ५९ हजार ६ सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार तोलाको ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमबार तोलामा ५ सय रुपैयाँ बढेको छ । चाँदी पनि सोमबार तोलामा ५ रुपैयाँ बढेर ७ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ ।