आजको तापक्रम, कहाँ कति ?

| 2018 Dec 19 | 07:06 am 9236

काठमाडौं, पुस ४ : आज काठमाडौंको न्यूनतम तापक्रम ६ दशमलव ६ डिग्री मापन गरिएको छ। सोमबार काठमाडौंमा वर्षकै न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री मापन गरिएको थियो।

जुम्लाको तापक्रम माइनस ४ डिग्री मापन गरिएको छ भने जिरीको तापक्रम ३ दशमलव ८ डिग्री मापन गरिएको छ। दिपायलको बुधबार बिहानको तापक्रम ३ दशमलव २ डिग्री मापन गरिएको छ भने डडेल्धुराको तापक्रम ३ दशमलव १ डिग्री मापन गरिएको छ। धनगढीको तापक्रम ६ दशमलव २ डिग्री छ।

विरेन्द्रनगरको न्यूनतम तापक्रम ५ दशमलव २ डिग्री, नेपालगन्‍जको तापक्रम ८ दशमलव ५ डिग्री, दाङको तापक्रम ७ दशमलव ३ डिग्री मापन गरिएकव छ। पोखराको बुधबार बिहानको तापक्रम ११ दशमलव ६ डिग्री मापन गरिएको छ। भैरहवाको तापक्रम १२ दशमलव ७ डिग्री, सिमराको तापक्रम १३ दशमलव २ डिग्री, ओखलढुंगाको ६ दशमलव ५ डिग्री, ताप्लेजुङको ७ दशमलव ४ डिग्री, धनकुटाको १० दशमलव ६ डिग्री, विराटनगरको १५ दशमलव ५ डिग्री मापन गरिएको छ।

त्यसैगरी जोमसोमको तापक्रम २ डिग्री, धरानको १६ डिग्री, लुम्लेको ६ दशमलव ५ डिग्री र जनकपुरको न्यूनतम तापक्रम १४ दशमलव ६ डिग्री मापन गरिएको छ।

देशभर बुधबार सामान्यतया मौसम सफा रहने देखिन्छ तथापि पहाडि भेगका थोरै स्थानमा आंशिक बदलिको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

काठमाडौंमा आज बिहान ६ बजेर ४९ मिनेटमा सुर्योदय भयो भने सुर्यास्त बेलुका ५ बजेर १३ मिनेटमा हुनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.