आजकाे सुनचाँदी बजार भाउ

| 2019 Aug 05 | 02:34 pm 2988

काठमाडौं, साउन २०: सुनको भाउ नेपाली बजारमा अहिलेसम्मकै सबै भन्दा बढी रहेको छ। सोमबार पनि सुन तोलामा १५ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च कायम भएको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा १५ सयले बढेर ६७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको जानकारी दिए।

आइतबार सुन तोलाको ६६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ।चाँदी तोलामा २० रुपैयाँले वृद्धि भएको हो। साेमबार चाँदी तोलामा ७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको बताइएकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.