आजकाे मौसमी विवरण

रिपोर्ट नेपाल | 2019 Jun 05 | 09:00 am 3641

काठमाण्डौ , जेठ २२: बुधबार काठमाण्डौ उपत्यका सहित देशभर आंशिक देखि सामान्य बदली रही अपरान्ह पछि मेघ गर्जन र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  प्रि मनसुनी गतिविधि सक्रिय देखिएकाले अबको तीन दिन बिहान मौसम खुलेपनि दिउँसो पछि बदली भएर बेलुकीतिर मेघगर्जन र हुरीबतास सहित पानी पर्ने संभावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिए ।

भारतको उत्तर प्रदेश, पश्चिम बंगाल, विहारमा बनेको न्यूनचापीय क्षेत्र तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावासँगै स्थानीय वायुको प्रभावले बुधबार देशका धेरै ठाउँमा दिउँसो पछि मेघ गर्जन र हुरीबतास सहित पानी पर्ने संभावना रहेको मौसमविद् गंगा नगरकोटीले बताए । उनका अनुसार पश्चिमको तुलनामा मध्य र पूर्वको धेरै ठाउँमा पानी पर्ने सम्भावन रहकाे छ ।

पानी परेपछि देशभरी नै अधिकतम तापक्रम घटेको छ । महा शाखाको पछिल्लो विवरण अनुसार मंगलबार काठमाडाैं उपत्यकाको न्यूनतम तापक्रम १६ दशमलव ६ डिग्री र अधि कतम तापक्रम २८ दशमलव शून्य डिग्री सेल्सियस मापन गरिएको छ । त्यस्तै सबै भन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३८ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.