आगो नियन्त्रणका लागि हेलिकोप्टर परिचालन

रिपोर्ट नेपाल | 2022 Mar 06 | 01:11 pm 1929

तनहुँ, फागुन २२: दमौली बजारमा लागेको आगो नियन्त्रणका लागि सिम्रिक एयरको हेलिकोप्टर लगिएकाे छ । स्थानीय मादी नदीबाट पानी निकालेर आगो निभाउने प्रयास गरिरहेको छ। केहीबेर अघि फायर फाइटिङसहितको टोली लिएर सिम्रिक एयरको हेलिकोप्टर दमौली पुगेको हो।

आइतबार बिहान दमौली बजारस्थित भोलेटार चोकको भूपाल हार्डवयर पसलबाट आगलागी सुरू भएको थियाे। पसलमा बिहान १० बजेतिर लागेको आगो अझैं नियन्त्रणमा आउन सकेको छैन। जिल्ला प्रहरी तनहुँका अनुसार आगो नियन्त्रणको प्रयास भइरहेको बताएकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.