आगोले जलेर घाइते बृद्धाको मृत्यु

रिपोर्ट नेपाल | 2022 Mar 10 | 02:35 pm 1293

पाल्पा, फागुन २६ः माथागढी गाउँपालिका–३ का ६२ वर्षीया सुमित्रा कुमालको घरमा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । लुगामा आगो सल्किन गई घुँडा भन्दामाथिको जलेको थियो ।

उपचारका क्रममा उनीको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण पचभैँयाले बताए । कुमालको यही फागुन ८ गते घरमा जलेर घाइते भएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.