आगामी वैशाख भित्र सवै सडक कालोपत्रे : मन्त्री महासेठ

| 2018 Aug 17 | 02:22 pm 1984

काठमाडौं,भदौ १: भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आगामी बैशाख भित्र काठमाडौं उपत्यकाको सम्पूर्ण सडकको उचित व्यवस्थापन गरेका छन् ।

मन्त्री महासेठले विगतका सरकारका कमीकमजोरीका कारण काठमाडौं उपत्यकाको सडकको अवस्था अस्तव्यस्त भएको र त्यसैको अपजस व्यहोनु परेको दावि गरे ।

उनले वर्तमान सरकार गठन भएयता काठमाडौंको सडकमा सुधार आएको उल्लेख गर्दै आगामी बैशाख भित्र उपत्यका भित्रका सवै सडक कालोपत्र गर्ने र सडकलाई पहिलो प्राथमिकता दिएर अगाडि बढ्ने समेत घोषण गरे ।

संघीय संसद विकास तथा प्रविधि समितिको बिहिबारको बैठकमा समितिका सदस्यहरुले उठाएको प्रश्नहरुको जवाफ दिँदै मन्त्री महासेठले मेलम्ची खानेपानी आयोजना व्यवस्थापनका कारण पनि काठमाडौंको सडकको अवस्था दयनिय वनेको र एकै साथ सवै सडकको मर्मत गर्नु पर्ने भएकाले समय लागेको पनि स्पष्ट पोरे ।

मन्त्री महासेठले पूर्वाधार निर्माणको कामलाई अघि बढाउन ऐनमै समस्या देखिएको उल्लेख गर्दै त्यसमा सुधार ल्याउन पनि सरकारले ऐन संशोधनको कामलाई अघि बढाउनु परेको पनि स्परण गराए ।

मन्त्री महासेठले वर्षातको समयका कारण पनि सडकको मर्मत सम्भार गर्न कठिन भएको वताए । बैठककमा समितिका सदस्यहरुले पूर्वाधार तथा यातायात क्षेत्रको विकासका लागि स्थानीय र प्रदेश सरकारसँग मिलेर काम हुने गरी नीतिगत निर्णय लिन पनि मन्त्री महासेठको गम्भिर ध्यानाकर्षण गराएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.