काठमाडौं, फागुन १८: सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मृगौला प्रत्यारोपण गर्ने भएका छन् ।
त्यसका लागि प्रधानमन्त्री ओली सोमबार त्रिवि शिक्षण अस्पताल भर्ना हुने बताइएको छ।
उक्त कुराको जानकारी प्रधानमन्त्री ओलीले नेकपाको सचिवालय बैठकमा स्वास्थ्य उपचारबारे गराएपछि उनले भोलि (सोमबार) अस्पताल भर्ना हुने जानकारी गराएको नेकपाका प्रवत्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
प्रवक्ता श्रेष्ठले भने, उहाँ भोलि नै अस्पताल भर्ना हुनुहुनेछ, बुधबार मिर्गौला प्रत्यारोपण हुनेछ।