आगामी जेठमा महाधिवेशन गर्ने राप्रपाकाे निर्णय

रिपोर्ट नेपाल | 2019 Jul 29 | 03:28 pm 1603

काठमाडौं, साउन १३ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी जेठमा महाधिवेशन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले आगामी जेठमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकले माघ महिनाबाट स्थानीय तहदेखिका परिषद बैठकको आयोजना र महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन प्रारम्भ गर्ने समेत निर्णय गरेको प्रवक्ता भुवन पाठक जानकारी दिनुभयो ।

यस्तै बैठकले समान विचार भएका दलसँग एकता गर्ने राप्रपा संयुक्तको निर्णयको स्वागत गर्ने, २२ बुँदे माग पूरा गराउन सरकारसँग वार्ता गर्ने, प्रशिक्षणहरु चलाउने निर्णय गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.