आगलागी मुद्दाको फरार अभियुक्त प्रकाउ

| 2019 Nov 03 | 12:49 pm 2347

दाङ, कात्तिक १७: सासुको घरमा आगो लगाई फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं १८ गिठेपानीका २६ वर्षीय रामबहादुर बिक रहेका छन् ।

बिकले २०७३ साल बैशाख १३ गते अपरान्ह चार बजेको समयमा घोराही उपमहानगरपालिका २ का सुन्तली बिक (आफ्नै सासु आमा)को घरमा आगो लगाएको अभियोगमा सम्मानित उच्च अदालत तुलसीपुरबाट २०७५ फागुन १४ गते मुद्दा फैसला भई ४ बर्ष कैद सजाय तोकेको थियो ।

उक्त मुद्दा फैसला भए पश्चात् हाल सम्म फरार रहेका बिकलाई खोजतलास गर्दै जाँदा आज (आइतबार) बिहान करिब ६ बजेको समयमा आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरीएको प्रहरीले जानकारी दिए ।

उनलाई आइतबार नै सम्मानित जिल्ला अदालतदाङ देउखुरीमा बुझाईएको प्रहरीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.