आगलागीमा परेर गोरखामा एक वृद्धाको मृत्यु

| 2022 Jun 18 | 08:38 am 1521

गाेरखा, असार ४ः गोरखामा एक घरमा आगलागी हुँदा एक जना वृद्धाको जलेर मृत्यु भएको छ। गोरखाको शहिदलखन गाउँपालिका ७ जामुनेकी ७० वर्षीया केशरिमायाँ वस्तिको घरमा आगलागी हुँदा मृत्यु भएको हो।

आगलागीमा परेर शव पूर्ण रुपमा जलेको अवस्थामा भेटिएको वडाध्यक्ष शरण श्रेष्ठले जनाकारी दिए। साथै घर र घरभित्र रहेका मालसामान पनि सबै जलेर नष्ट भएको छ।

घरमा आगलागी भएकाे आज बिहान मात्र थाहा भएकाे उनले बताए। आगलागी कसरी भयाे भन्नेबारे थाहा हुन बाँकी रहेकाे वडाध्यक्ष श्रेष्ठले बताए। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.