आगलागीमा परी माेरङमा एक जनाको मृत्यु

रिपोर्ट नेपाल | 2022 Aug 18 | 11:11 am 1309

मोरङ, भदौ २ः बुधबार राति मोरङको बेलबारी –११ का ३८ वर्षीय कुमार श्रेष्ठको आगलागीमा परी मृत्यु भएको छ । बोल्न नसक्ने श्रेष्ठ कान पनि सुन्दैनथे । मोरङको सुन्दरहरैँचा ११ बेलेपुरस्थित बालकृष्ण गिरीको घरमा भएको आगलागीमा परी श्रेष्ठको मृत्यु भएको हो ।

गिरीको काठको मिलसँगै जोडिएको घरमा बुधबार राति ११ बजे आगलागी भएको थियो । सुन्दरहरैंचा ११ का वडाध्यक्ष विसनलाल चौधरीका अनुसार मृतक श्रेष्ठ तीन दिन यता गिरीको घरमा बसेर रङ लगाउने काम गर्दै आएका थिए । श्रेष्ठको घरमै सुतिरहेको स्थानमा मृत्यु भएको हो ।

सुन्दरहरैंचा, बेलबारी, पथरीशनिश्चरे, कानेपोखरी लगायत विभिन्न स्थानका  ६ वटा वारूणयन्त्र ,स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरीबलको सहयोगमा राति करिब २ बजे आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमलाले बताए । विद्युत् सर्ट भई आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीबाट २२ लाख रुपियाँ बराबरको क्षति भएको अनुमन गरिएको छ ।

आगोले जलेर चिन्नै नसकिने अवस्थामा भेटिएको श्रेष्ठको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.