आगलागीमा परी एक महिलाको मृत्यु

रिपोर्ट नेपाल | 2019 Mar 23 | 03:18 pm 1863

सिरहा, चैत ९ : जिल्लाको कल्याणपुर नगरपालिका–७ मा शनिबार बिहान भएको आगलागीमा परेर एक महिलाको मृत्यु भएको छ । अचानक घरमा आगलागी भएपछि आगोमा परी ६५ वर्षीया बनारसीदेवी सदाको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जानकारी दिए ।

घरभित्रै सुतिरहेको अवस्थामा आगलागी हुँदा बनारसीदेवीको जलेर मृत्यु भएको प्रहरीको भनाइ छ । आगलागीबाट सदाको घर पूर्णरुपमा जलेर नष्ट हुँदा करीब एक लाख बराबरको क्षति भएको प्रहरीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.