आगलागीमा परी एक बालकको मृत्यु

रिपोर्ट नेपाल | 2019 Feb 17 | 08:58 pm 2332

तेह्रथुम, फागुन ५ : जिल्लाको आठराई गाउँपालिका–३ ह्वाकूमा आज आइतबार दिउँसो एक घरमा आगलागी भएको छ । आगोमा परी एक बालकको ज्यान गएको छ भने दुई घर जलेर नष्ट भएको छ ।

अचानक स्थानीय रुद्र खातीको घरमा आगलागी हुँदा उनका ६ वर्षीय छोरा मौसम खातीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नारायणप्रसाद गौतमले जानकारी दिए ।

उक्त घटनास्थलमा इलाका प्रहरी कार्यालय सङ्क्रान्ति बजारबाट प्रहरी टोली खटिएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.