आगलागीबाट १ करोड बराबरको क्षती

रिपोर्ट नेपाल | 2020 Dec 14 | 01:55 pm 2543

सर्लाही, मंसिर २९ः सोमबार बिहान ४ बजेको समयमा सर्लाही हरिवन नगरपालिका ११ स्थित बजारमा कमल कार्कीको १ तल्ले पक्की घरमा महेश साहले संचालन गरेको कपडा पसाल तथा गोदाम र कैलाश साह, संजय साह र सुनिल साहको कपडा गोदाममा आगलागी भएको छ ।

आगलागीको खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक अबधेश कुमार यादबको कमाण्डमा १५ जनाको टोली खटि गई नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगलागी पूर्ण रुपमा नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको हो ।

उक्त आगलागीमा कुनै पनि मानवीय क्षती नभएको, आंशिक रुपमा घर र कपडाहरु पूर्ण रूपमा जलेको बताइएको छ ।

आगलागीबाट करिब १ एक करोड बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ । आगलागीको कारण भने खुलेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.