आगलागीबाट एक करोड क्षति

रिपोर्ट नेपाल | 2018 Nov 20 | 07:18 pm 1867

उर्लाबारी, मंसिर ४ : मोरङको उर्लाबारी नगरपालिका–७ स्थित भक्तिराम अधिकारीको घरमा आज आगलागी हुँदा रु एक करोड ११ लाख बराबरको क्षति भएको छ ।

आगलागी हुँदा अधिकारीको काठले बनेको दुईतले घर र किराना पसल पूर्ण रुपमा जलेर नष्ट हुुँदा सो मूल्य बराबरको क्षति भएको हो ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायब निरीक्षक प्रकाश पराजुलीका अनुसार आगो लाग्नुको कारण खुल्न सकेको छैन ।

किराना पसलमा रु ७० लाखभन्दा बढीको लगानी रहेको र घरसमेत जलेर नष्ट हुँदा सो मूल्य बराबरको क्षति भएको पीडित अधिकारीले बताए ।

आगोले छिमेकी अर्जुन न्यौपानेको घरमा पनि क्षति पुगेको छ । उनको रु एक लाख बराबरको क्षति भएको छ ।

घरमा रहेको ग्यास सिलिण्डर पड्किँदा आगो नियन्त्रणमा लिन नसक्दा अधिकारीको घर र पसल पूर्णरुपमा जलेर नष्ट भएको अनुमान गरिएको छ ।

दमक, बिर्तामोड, गौरादह, सुन्दरहरैँचा र इटहरीबाट आएका दमकल तथा स्थानीयवासीको प्रयासमा करीब दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.