आगलागीबाट एकको मृत्यु

रिपोर्ट नेपाल | 2018 Nov 05 | 10:23 am 1675

सिन्धुपाल्चोक, १९ कात्तिक : सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा गए राति १ बजे घरमा आगो लाग्दा एकको ज्यान गएको छ ।

जितबहादुर गोलेको घरमा आगो लाग्दा उहाँका १२ वर्षीय छोरा राजु गोलेको मृत्यु भएको पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का वडाध्यक्ष काले गोलेले बताए ।

राति घरमा अरु कोही नभएको समयमा आगो लाग्दा छोराको मृत्यु भएको परिवारले जनाएको छ । घरमा कसरी आगो लाग्यो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन । आगलागीबाट जितबहादुर गोलेको घर पूर्णरुपमा जलेको छ भने करीब दुई लाख ५० हजार रुपैंया बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीयको सहयोगमा रातिनै आगो नियन्त्रणमा लिई अरु घर जल्नबाट जोगाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.