काठमाडौं, माघ २५: नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो जित हात पारेको छ ।
शनिवार नेपालले दोस्रो खेलमा अमेरिकालाई ३५ रनले पराजित गर्दै घरेलु मैदानमा पहिलो ऐतिहासिक ओडीआई जित हात पारेको हो ।
नेपालले प्रस्तुत गरेको १ सय ९१ रनको लक्ष्य पक्ष्याएको अमेरिका अमेरिका ४४.१ ओभरमा १ सय ५५ रनमा अलआउट भएको छ ।
अमेरिका अलराउन्डर इयान होल्यान्डले १ सय ११ बलमा ७ चौका सर्वाधिक ७५ रनको योगदान दिएका थिए ।
नेपाल पहिलो खेलमा ओमानसँग १८ रनले पराजित भएको थियो । अब पुनः नेपालले आइतबार ओमानसँग खेल्ने छन् ।