आईसियु तथा भेन्टिलेटर सहितको एम्वुलेन्स सेवा संचालन

रिपोर्ट नेपाल | 2020 Mar 02 | 05:50 pm 2785

बुटवल, फागुन १९: पहिलो पटक बुटवलमा आईसियु र भेन्टिलेटर सहितको एम्वुलेन्स संचालनमा ल्याइएको छ ।

रोटरी क्लव अफ सेन्ट्रल बुटवलको सहयोगमा संचालित उक्त एम्वुलेन्सको सामाजिक बिकास मन्त्री सुदर्शन बरालले सुभारम्भ गरेका हुन् ।

उक्त एम्बुलेन्स गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले सन्चालन गरेको हो ।

यस एम्वुलेन्समा सेवा लिएर काठमाडौंसम्म गए बापत भेन्टिलेटर प्रयोग गर्दा ४० हजार र भेन्टिलेटर प्रयोग नगरी लैजादा २५ हजार रुपैया भाडादर कायम गरिएको छ ।

अस्पतालका अध्यक्ष एजाज आलमका अनुसार भेन्टिलेटर प्रयोग गर्ने बिरामी संग चिकित्सक साथमा रहने छन् भने भेन्टिलेटर प्रयोग गर्नु नपर्ने बिरामीको साथमा हेल्थ असिस्टेन्ट रहने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.