आईजीपी थापाद्वारा पदभार ग्रहण

| 2020 Jul 09 | 02:45 pm 2742

काठमाडौं, असार २५ः नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक शैलेश थापा क्षेत्रीले पदभार ग्रहण गरेका छन् ।

बिहीवार बिहान गृह मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच गृहसचिव महेश्वर न्यौपानेले आईजीपी क्षेत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरेलगत्तै प्रहरी प्रधान कार्यालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन।

दर्ज्यानी चिह्न लगाएपछि उनलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र गृहसचिव न्यौपानेले बधाई तथा शुभकामना दिंदै प्रहरी संगठनको गरिमा एवम् छविलाई अझ उचाईमा पुर्‍याउने विश्चास व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा थापाले आगामी दिनहरुमा प्रहरी संगठनलाई संस्थागत निर्णयको आधारमा अगाडि बढाइने बताएका थिए।

आईजीपी थापा प्रहरी प्रधान कार्यालय प्रवेश गर्दा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय डा आशा सिंह र हरि बहादुर पाल, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरुले स्वागत गरेका थिए ।

आईजीपी क्षेत्रीले प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै प्रहरी प्रधान कार्यालय परिसरमा वृक्षारोपण समेत गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.