आइसोलेसनमा उपचाररत २ जना कोरोना संक्रमित भागे

रिपोर्ट नेपाल | 2020 May 13 | 05:04 pm 2000

पर्सा, बैशाख ३१ः वीरगंजस्थित रहेकाे नारायणी अस्पतालको आइसोलेसनमा उपचाररत २ जना कोरोना संक्रमित भागेका छन् ।

मंगलबार काेराेना संक्रमण भेटिएपछि उपचारको लागि नारायणी अस्पतालमा ल्याइएकोमा १ जना र १ जना पहिलै देखि आइसोलेसनमा रहेका संक्रमित फरार भएका हुन् ।

अस्पतालको पूर्वपट्टी रहेको भवनमा बनाइएको आईसोलेसनमा उपचारको लागि रहेको ति दुइ संक्रमित अस्पताल पछाडि हुँदै फरार भएको बताइएको छ ।

फरार भएका ति संक्रमित ब्यक्तिहरुको खोजी कार्य तीब्र पारिएको छ भने नेपाल प्रहरी, ससस्त्र प्रहरी तथा नेपाली सेनाले अस्पताललाई घेराऊ गरी संक्रमितकाे खोजी कार्य भई रहेको बुझिएकाे छ ।

अहिले अस्पतालमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक सहितको टोली, सशस्त्र तथा नेपाली सेनाको टोली परिचालन गरिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.