आइसीसी महिला टी-२० : यूएईमाथि नेपालको शानदार जित

रिपोर्ट नेपाल | 2019 Feb 22 | 02:52 pm 2050

काठमाडौं, फागुन १० : थाइल्यान्डमा जारी आइसीसी महिला टी–२० र एकदिवसीय विश्वकपको एशिया क्षेत्रीय छनोटअन्तर्गतको तेस्रो खेलमा नेपालले यूएईमाथि ७ विकेटको शानदार जित निकालेकाे छ ।

यूएईले दिएकाे ४२ रनको सामन्य लक्ष्य नेपालले १०.२ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि रुविना क्षेत्रीले १८ रन, काजल श्रेष्ठले १५ र सीता राना मगरले ६ रन बनाइन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेकोयूएईले १७.३ ओभरमा सबै विकेट गुमाएर मात्र ४१ रन बनाउन सक्यो । सेनेभिरत्नले २९ बल खेल्दै १ चौकाको मद्दतमा १३ रन बनाइन् भने बाँकी खेलाडीले दोहोरो अंक जाेड्न सकेनन् ।

युएईले १९ रनमै ६ विकेट गुमाएको थियो । यूएईलाई सस्तैमा समेट्नका लागि नेरी थापाले ४ विकेट लिइन् भने सीता राना मगर, करुणा कुँवर र सोनु खड्काले २–२ विकेट लिइन् ।

जारी प्रतियोगितामा यो नेपालको दोस्रो जित हो । यूएईले भने चौथो खेलमा पहिलो हार बेहोरेको हो । विश्वकप छनोटको दोस्रो चरणमा पुग्न नेपालले अन्य खेलको नतिजा पनि कुर्नुपर्ने छ । प्रतियोगिताको शीर्ष टोली मात्र अर्को चरणमा पुग्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.