आइसीसी टी-२० वरियतामा नेपाल ११ औं स्थानमा

रिपोर्ट नेपाल | 2019 May 03 | 04:20 pm 1894

काठमाडाैं, वैशाख २० :  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) टी ट्वान्टी क्रिकेटको वरियतामा आयरल्याण्ड र जिम्बाबेलाई पछि पार्दै नेपाल ११ औं स्थानमा उक्लिएको छ । आइसीसीले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल दुई राष्ट्रलाई पछि पार्दै ११ औं स्थानमा उक्लिएको हो ।

टी ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान छ भने दोस्रोमा दक्षिण अफ्रिका, तेस्रोमा इङ्ग्ल्याण्ड, चौंथोमा अष्ट्रेलिया र पाँचौंमा भारत छ ।

त्यसैगरी छैटौंमा न्यूजील्याण्ड, सातौंमा अफगानिस्तान, आठौंमा श्रीलङ्का, नवौंमा वेष्ट इण्डिज, दशौंमा बङ्गलादेश छन् । नेपालपछि बाह्रौंमा स्कटल्याण्ड, तेह्रौंमा जिम्बाबे, चौधौंमा नेदरल्याण्डस र पन्ध्रौंमा आयरल्याण्ड छन् । एक दिवसीय वरियतामा भने नेपाल १४ औं स्थानमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.