आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनलमा ओमनसँग नेपाल पराजित

| 2023 Nov 05 | 04:15 pm 2321

काठमाडाैं, कार्तिक १९ ।  आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा ओमनले नेपाललाई हराएको छ।

निर्धारित २० ओभरमा दुवै टिमले समान १८४ रन बनाउँदा खेल सुपर ओभरमा गएको थियो । ओमनले सुपर ओभरमा पहिले ब्याटिङ्ग गर्दै नेपालसामु २२ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ्गमा आएको नेपालले जम्मा १० रन बनाउँदा हार व्यहोर्नु परेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.