काठमाडौँ, फागुन १७ : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको टी–२० नयाँ वरियतामा नेपालका ३ जना खेलाडी परेका छन् । राष्ट्रय टाेलीका कप्तान पारस खड्कासहित सोमपाल कामी र वसन्त रेग्मी नयाँ वरियतामा पर्न सफल भएाक हुन् ।
आइसिसीले बिहीबार राति नयाँ वरियताक्रम सार्वजनिक गरेको थियाे । वरियताको अलराउण्डरतर्फ ७६ अङ्क प्राप्त गर्दै कप्तान खड्का ३८ औँ स्थानमा उक्लिएका छन् । यस सफलतालाई उनकाे करिअरकै ठूलो वरियता मानिएकाे छ । अघिल्लो सार्वजनिक भएकाे वरियतामा उनी ४०औँ स्थानमा थिए । ब्याटिङतर्फ पनि उनी २ स्थान सुधार गर्दै ९२औँ स्थानमा उक्लिएका छन् ।
यसैगरी नेपालका बलर सोमपाल कामी अलराउण्डरतर्फ ६० अङ्क प्राप्त गर्दै ५०औँ स्थानमा रहेका छन् । अघिल्लाे वरियतामा उनी ५१औँ स्थानमा थिए । समान ४०९ अङ्क प्राप्त गर्दै बलिङमा सोमपाल ७० र वसन्त ७१औँ स्थानमा रहेकाे अाइसीसीले जनाएकाे छ ।
यएईमा हालै सम्पन्न टि–२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालकाे लागातार जित महत्वपूर्ण रह्याे । साेही जितपछि नेपाली खेलाडीहरुकाे वरियतामा सुधार आएकाे हाे ।