-
शंकर रिखाम मगर
उदयपुर, साउन १३ः उदयपुरको रौतामाई गाउँपालिका वडा नम्वर ७ स्थित श्री जनता साना किसान आधारभुत विद्यालयमा वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा जाल्पा एकीकृत विकास समाज उदयपुरको आयोजना र रौतामाई गाउँपालिकाको समन्वयमा रहेको शिक्षण सिकाइ प्रकृयामा आइसिटि प्रयोग गर्न शिक्षकहरुलाई ५ दिने प्रशिक्षण तालिम सम्पन्न गरिएको छ । उक्त तालिम साउन ८ गतेबाट १२ गतेसम्म संचालन गरिएकाे थियाे ।

उक्त तालिममा रौतामाई गाउँपालिका अन्तरगत ४ नं. वडाको श्री सरस्वती मावि मालवासेका शिक्षक ५ र शिक्षिका ४ थिए भने वडा नं. ७ साना किसान आवि पुवारेका शिक्षक ६ र शिक्षिका ४ गरी दुईवटा विद्यालयका १९ जना शिक्षक शिक्षिकाको सहभगिता रहेको थियो ।

उक्त तालिमको समापन समारोह अयोजक संस्था जाल्पा एकीकृत विकास समाज नेपालका अध्यक्ष पुष्पराज पोखरेलको सभपतित्वमा सन्चालन गरिएको थियो भने रौतामाई गाउँपलिका ७ का वडाध्यक्ष मनोजकुमार राना मगरको प्रमुख अतिथि रहेको थियो । अन्य अतिथिहरुमा आयोजक संस्थाका कार्य समिति सचिव केशवकुमार राया, सदस्य शंकर रिखाम मगर, रौतामाई ७ का पशु प्राविधिक लक्ष्मण कार्की, योजना प्राविधिक अस्विन पोखरेलका लगायत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणवहादुर रायको उपस्थिती रहेको थियो ।
आइसिटी कक्षा संचालनको निम्ति भवन सहित कम्प्युटर ल्याव र विद्यालयमा अवश्यक धेरै प्रकारका सामाग्रीहरु सहयोग गरिएको छ त्यसलाई जगेर्णा गर्नु पर्ने देखिन्छ, सहयोगी संस्था रहुन्जेल रहने र संस्था नरहे केही नरहने भए कुनै औचित्य नदेखिने भएकोले त्यसलाई स्थानीय निकायले पनि जिम्मेवारी लिनुपर्ने सहयोगी संस्था जाल्पाका अध्यक्ष तथा कार्यक्रमका सभापती पुष्पराज पोखरेलले बताए ।
करोड बराबरको लगानी गरेर आ
इसिटि कक्षा संचालनको निम्ति आरसिसि भवन निर्माणका साथ कम्प्युटर ल्याव सहित विद्यालयको अन्य भवनको धेरै कार्य सम्पन्न भैसकेको हुनाले उक्त संरचनालाई दिगो र व्यवस्थापनको लागि विद्यालय, अविभावक र स्थानीय निकायको पनि जिम्मामा रहेको हुनाले विद्यालयको लागि पूर्ण रुपमा स्थानीय निकायबाट सहयोग हुने र सम्वन्धित निकायहरुमा पहल गर्ने रौतामाई गाउँपालिका ७ का वडाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी मनोजकुमार राना मगरले प्रतिवद्धता जाहेर गरेका छन् ।
विश्वनै अहिले नेट इन्टरनेटको जमाना रहेको छ, कप्म्युटर संसार हो त्यहाँबाट संसार नियाल्न सकिन्छ, अहिलेको बालबालिकाहरुलाई सानैबाट कम्प्युटर शिक्षा दिन सकियो भने देशको मुहार परिवर्तन गर्न सक्ने छन् । त्यसैले यो कक्षा धेरै लाभदायी रहने प्रशिक्षक दिपक पौडेलले बताए ।
संघ संस्थाले करौडौं रुपैयाँ बराबर विद्यालयलाई सहयोग गरी सकेको छ भने, अवको बाँकी केही निर्माण तथा मर्मतको कार्य स्थानीय निकायले सहयोग गर्नुपर्ने साथै सम्वन्धित निकायहरुलाई पहल गरी निर्माणकार्य गरिदिन विव्यास अध्यक्ष नारायणवहादुर रायाले अनुरोध गरे ।

उक्त समापन समारोहमा मन्तब्य राख्दै तालिममा सहभागी आवि पुवारेका शिक्षिका इस्वरी राना मगरले पूर्व निर्वाचित जनप्रतिनिधिहरुले विद्यालयलाई सहयोग गर्ने धेरै आस्वासनहरु दिएता पनि केही सहयोग गर्न नसकेको र अहिले वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा जाल्पा एकीकृत विकास समाज उदयपुरको संचालनमा गोल परियोजना अन्तर्गत नयाँ आरसिसी भुकम्प प्रतिरोधात्मक भवन निर्माण भैसकेको साथै विद्यालय घेरावेरा देखि लिएर सम्पूर्ण विद्यालय मर्मत सम्भारका साथै आइसिटी कक्षा संचालनको निम्ति कम्प्युटर सामाग्री सहित तालिम लिन पाउँदा अहिले विद्यालय नमुनानै बनेको सहभागी शिक्षिका रानाले बताइन् ।

उक्त तालिम समापन समारोहको अवसर पारेर विद्यालयको सम्पूर्ण भौतिक निर्माण तथा मर्मत सम्भार चरणको कार्य स्थानीय निकाय रौतामाई ७ का वडाध्यक्ष लगाएत प्राविधिकहरु सहयोगी संस्था जाल्पाका कार्यसमितीका अध्यक्ष, सचिव, सदस्य सहित गोल परियोजना अन्तर्गतका कार्यक्रम अफिसर कमल कटुवाल, सव इन्जिनियर चुडामुणी मगर सहितले अनुगमन गरेका थिए ।