आइपुग्यो वाइडबडीको ‘अन्‍नपूर्ण’ , मन्त्रालय र निगमका अधिकारी पन्चेबाजासहित विमानस्थलमा

| 2018 Jun 28 | 09:22 am 4208

काठमाडौं असार १४ : नेपाल वायुसेवा निगम (एनएसी) को नयाँ वाइडबडी विमान नेपाल आइपुगेको छ । ‘ए ३३०–२००’ सिरिजको विमान बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

नयाँ विमानलाई स्वागत गर्न मन्त्रालय र निगमका अधिकारीहरु पन्चेबाजासहित पुगेका थिए । नयाँ विमानलाई ‘अन्नपूर्ण’ नाम दिइएको छ । विमानलाई नामाकरण गर्ने प्रचलनअनुसार अन्नपूर्ण नाम दिइएको हो ।

निगमले युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको जहाज अमेरिकाको एएआर कम्पनीसँग किनेको हो ।

नयाँ जहाजमा विजनेश क्लासका १८ र इकोनोमी क्लासका २५६ सिट छन् । यो विमानलाई दुवई, हङकङ, दोहा, क्वालालाम्पुरलगायतका स्थानमा उडाउने तयारी गरिएको नेपाल वायु सेवा निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारले जानकारी दिए ।

निगमले सरकारको जमानीमा सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर दुई वाइड बडी विमान खरिद गर्ने निर्णय गरेको थियो । निगमले सबै रकम भुक्तानी गरिसकेकाले अर्को विमान पनि एक महिनाभित्रै आइपुग्ने कंशाकारले बताए ।

निगमको अन्तर्राष्ट्रिय उडान हाल दुईवटा विमानले मात्रै भर्दै आइरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.