आइतबार देशभरका अदालत बन्द

रिपोर्ट नेपाल | 2019 May 25 | 03:46 pm 2125

काठमाडौं, जेठ ११: आइतबार देशभरका अदालत बन्द हुने भएकाे छ । ९९ वर्षको उमेरमा ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएका पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधनको शोकमा आइतबार देशभरका अदालत बन्द हुने भएका हुन् ।

शनिबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्णबैठकले खत्रीकाे निधनकाे शोकमा भोलि देशभरका जिल्ला अदालत, उच्च अदालत, सर्वोच्च अदालत, विशेष अदालत तथा न्यायाधीकरणहरू बन्द गर्ने निर्णय गरेको हो।

जारी गरिएकाे विज्ञप्ति अनुसार पूर्वप्रधानन्यायाधीश खत्रीको निधनबाट न्याय, कानुन र मानव अधिकारको क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख छ ।

उनकाे शनिबार बिहान पशुपति आर्यघाटमा अन्त्युष्टि गरिएको हो । पूर्व प्रधानन्यायाधिश खत्री पछिल्लो समय अल्जाईमर्स रोगबाट पीडित थिए ।

नेपालको छैठौं प्रधानन्यायाधीश बन्न सफल भएका खत्रीले प्रेस काउन्सिल नेपाल र राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षको जिम्मेवारी पनि सम्हालेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.