आइतबार दिने भनिएको बिदा साेमबारका लागि कायम

रिपोर्ट नेपाल | 2020 May 24 | 08:47 am 2002

काठमाडाैं, जेठ ११ः सरकारले ११ गते आइतबार दिने भनेको सार्वजनिक बिदा १२ गते सोमबार कायम गर्ने निर्णय गरेको छ । शुक्रवारको मन्त्रिपरिषद्को निर्णयअनुसार मुस्लिम समुदायको पर्व इद उल फित्रको अवसरमा आइतबार बिदा दिने निर्णय गरेको थियाे ।

नेपाल र दक्षिण एसियाभरबाट शनिवार चन्द्रमा नदेखिएकोले उक्त पर्व १२ गते मनाउने निर्णय भएको भन्दै मुस्लिम आयोगको अनुरोध अनुसार आइतबारको सट्टा सोमबार बिदा कायम गरिएको गृह मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.