आइजीपीको आदेशलाई एसपीले लत्याए

| 2023 Jun 22 | 10:29 am 6973

काठमाण्डौ,असार ७ । प्रहरी प्रधान कार्यालयले असार ३ गते मोरङ,पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिरहा र सप्तरीका जवान देखि वरिष्ठ सई सम्मका कर्मचारीको काज सरुवा गरेको छ ।

चालिस जनाको काज सरुवा गरीएमध्ये ९ जना श्रीमान, श्रीमती छन भने एक जना महेन्द्र नाम गरेका व्यक्ती बाहेक २९ जनाको काज सरुवा गरीए पनि बारा, पर्सा, धनुषा जस्ता जिल्लाका एसपीले सरुवालाई अटेरी गरीरहेका छन। रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार मधेस प्रदेश विपद व्यवस्थापन गुल्म पर्सा दरवन्दी रहेका वरिष्ठ सई विनोद कुमार सिंहको कालिकोट काज सरुवा भएको छ । दरवन्दी गुल्ममा भए पनि जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कोमल शाहका विश्वास पात्र भएका कारण उनी सादा पोशाकमा तस्कर र व्यापारीसँग बढ्ता हिमचिम गर्ने जुनियर अधिकृत हुन्। पैसा उठाउन माहिर भएका कारण एसपी शाहले उनलाई आफ्नो प्रमुख दुतका रूपमा खटाउदै आएकोमा उनको काज सरुवा भएपछि दाहिने हात भाचिए जस्तै भएको छ । काज भएका जवान हवल्दारलाई पत्र थमाएर लखेटे पनि विनोद विक्रम सिंहलाई रोक्न एसपी शाह हात धोएर लागेका छन् । त्यसैगरी वारामा लामो समय देखि तस्करको नातेदार भएर बसेका वरिष्ठ सई सागर राणालाई पनि एसपी होविन्द्र बोगटीले रमाना दिएका छैनन ।

जिल्ला प्रहरी कार्यालय रामेछाप काज सरुवा भएका राणाको तस्करसँग राम्रै लगनगाँठो भएका कारण त्यही राख्न एसपी बोगटी कम्मर कसेर लागेका छन्। तल्लो दर्जामा कर्मचारीलाई प्रधान कार्यालयको आदेश भन्दै गोर्खे लौरी लगाएर लखेटिए पनि धनुषामा सादा पोशाकका जुनियर अधिकृतलाई सुनपानीले चोखाउने कोशिस भई रहेको छ । वर्तमान महानिरीक्षक वसन्त बहादुर कुँवर मधेस प्रदेशको प्रमुख हुँदा नजरमा परेका सिंह र राणालाई हटाउन खोज्दा खोज्दै बढुवा भएपछि रोकिएका थिए । तस्कर र अपराधकर्म गर्ने सँग नाम जोडिएका यी दुई सइको पहुँच दर्बिलो भएका कारण लामो समयदेखि बारा, पर्सामा जरा गाड्न सफल भएका हुन । असार ३ गते २४ घण्टे रमाना दिन गरीएको पत्राचारलाई एसपीले लत्याउनु भनेको नेपाल प्रहरीमा चेन अफ कमाण्ड कति कमजोर छ भन्ने ज्वलन्त उदाहरण भएको भुक्तभाेगी बताउछ‌न ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.