आइजिपी खनालद्वारा प्रहरी वृत्त गौशालाको छड्के चेक

रिपोर्ट नेपाल | 2019 May 17 | 03:45 pm 2513

काठमाडौं, जेठ ३ : प्रहरी महानिरीक्षक आइजिपी सर्वेन्द्र खनालले महानगरीय प्रहरी वृत्त गौशालाको आकस्मिक निरीक्षण गरेका छन् । आज शुक्रबार दिउँसो आइजिपी खनालले आकस्मिक निरीक्षण गरेका हुन् ।

निरीक्षणका क्रममा महानिरीक्षक खनालले कार्यालयको वातावरण नागरिक मैत्री हुनुपर्ने र समुदाय-प्रहरी साझेदारी अनुरूप सेवाग्राहीहरुले महसुस हुने गरि छिटो छरितो नागरिक मैत्री सेवा प्रदान गर्नुपर्ने साथै अपराध तथा अपराधी विरुद्ध कानुनी कठोरताका साथ कार्य सम्पन्न गर्न कार्यरत कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

Image may contain: 3 people, people smiling, people sitting

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.