आंशिक लकडाउन गर्ने पक्षमा सरकार

| 2021 Apr 25 | 02:03 pm 1853

काठमाडौं बैशाख १२: नेपालमा कोरोना संक्रमणको जोखिम उच्च भएपनि सरकार तत्काल राष्ट्रव्यापी लकडाउन नगर्ने पक्षमा देखिएको छ ।

आज बसेको नेकपा एमाले महाधिवेशन कमिटीको बैठकपछि बोल्दै परराष्ट्र मन्त्री समेत रहेका एमाले प्रवक्ता प्रदिप ज्ञवालीले त्यस्तो बताएका हुन् ।

लकडाउनले एकछिनलाई कोभिडको चेन ब्रेक गर्छ र अलिकति पुस गर्ने मात्रै हो । आफैंमा अन्तिम समाधान होइन मन्त्री ज्ञवालीले भने, ‘भर्खर–भर्खर अर्थतन्त्र तंग्रिन लागेको हुनाले सकभर अर्थतन्त्रमा र मान्छेको जीविकामा प्रभाव नपरोस् भन्ने सरकारको चाहना छ । त्यसो भएको हुनाले हटस्पटहरुमा लकडाउन हुन सक्छ तर त्यो लोकल मात्रै, एकै चोटी देशभर लकडाउन हुँदैन उनले भने ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.