आँखाको पट्टी नखुल्दै सभामुख सापकोटा पुगे बाह्रबीसे

रिपोर्ट नेपाल | 2020 Jul 09 | 04:34 pm 2475

सिन्धुपाल्चोक, असार २५ः प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले सिन्धुपाल्चोकको बाह्रबिसेस्थित जम्बूमा बाढी र पहिरोबाट प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् ।

मोतियाबिन्दुका कारण बुधवार मात्रै आँखाको शल्यक्रिया गरेका सभामुख सापकोटा आँखाको पट्टी नखुल्दै प्रभावित क्षेत्रको निरीक्षणमा गएका हुन् । उक्त क्षेत्र सभामुख सापकोटा प्रतिनिधिसभा सदस्यमा निर्वाचित निर्वाचन क्षेत्रभित्र पर्दछ ।

उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले सामाजिक संजाल फेसबूक मार्फत तस्वीर राखेर सभामुखले प्रभावित क्षेत्रको निरीक्षण गरेको जानकारी दिएका हुन् ।

अबिरल वर्षका कारण उक्त क्षेत्रमा बुधवार राति गएको बाढी र पहिरोमा परी स्थानीय स्तरमा ठूलो जनधनको क्षति भएको छ । हालसम्म दुई जनाको शव फेला परेको छ, भने डेढ दर्जन बढी बेपत्ता रहेका छन् । बेपत्ताको स्थानीय वासिन्दा, प्रहरी, नेपाली सेना लगायतको टोलीले खोजी र उद्धारको काम गरिरहेका छन् ।

यसअघि बिहीवार बिहान सभामुख अग्निप्रसाद सापकोटालाई लिएर गएको हेलिकप्टर मौसमको खराबीका कारण फर्किनुपरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.