काठमाडाैं, असाेज २२ः बिहीबार नेपालमा अहिलेसम्मकै उच्च संक्रमण पाइएकाे छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा थप ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले उक्त विवरणकाे जानकारी दिएका हुन् ।
पछिल्लो २४ घण्टामा देशभर रहेका बिभिन्न स्थानमा रहेकाे प्रयाेगशालामा गरिएकाे परीक्षणबाट नयाँ संक्रमित पुष्टि भएका हुन् । याेसंंगै नेपालमा संक्रमितको कुल संख्या ९८ हजार ६ सय १७ पुगेको छ ।