‘अस्‍पतालमा आक्रमण, ओली सरकारलार्इ संक्रमण’ ( फोटो फिचर)

| 2018 Jul 21 | 01:54 pm 2316

काठमाडौं, साउन ५: २२ दिनदेखि चिकित्सा शिक्षा सुधारको माग राख्‍दै अनशन बसेका डा गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलार्इ दबाब दिन माइतिघरदखि बानेश्वरसम्म बृहत जुलुस प्रदर्शन गरिएको छ।

जुलुसमा सहभागीहरुले भ्रष्ट्रचारीलार्इ र मेडिकल माफियालार्इ संरक्षण गरेको तथा जुम्लामा चिकित्सक तथा स्थानीय र विरामी माथि नै प्रहरी प्रशासन लगाएको भन्दै ‘अस्पतालमा आक्रमण, ओली सरकारलार्इ संक्रमण’ लगायतका नाराहरु लगाउँदै विरोध प्रदर्शन गरेका थिए।

डा. गोविन्द केसी ऐक्यबद्धता सञ्जालद्वारा आयोजित कार्यक्रममा आज (शनिबारदेखि) दिउँसो १२ बजे माइतीघर मण्डलामा हुने प्रदर्शनमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्की र कल्याण श्रेष्ठ, अभिनेत्री मनिषा कोइराला, मानवअधिकारवादी कृष्ण पहाडी, साहित्यकार खगेन्द्र संग्रौला, नागरिक अगुवा डा देवेन्द्रराज पाण्डे, माथेमा आयोगका प्रमुख केदारभक्त माथेमा, पत्रकार श्याम श्रेष्ठ, प्राध्यापक सुरेन्द्र लाभसहित नेपाल चिकित्सक संघ र विभिन्न संस्थाका प्रतिनिधि सहभागी भएका थिए।

डा गोविन्द केसीले आफ्ना माग पूरा नभएसम्म थप उपचार नलिने अडान राखेका छन् । उनले रगत, मुटुलगायत कुनै परिक्षण गर्न नमानेको उपचारमा संलग्न डाक्टरहरूले बताएका छन्। शुक्रबारदेखि उनको कुनै पनि परिक्षण गर्न नपाएको डाक्टरहरूले बताएका छन् ।

यसैबीच चिकित्सा शिक्षामा सुधारको माग राखेर अनशनरत डा. केसीको समर्थनमा आइतबार आस्ट्रेलियामा प्रदर्शन गर्ने भएका छन्।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.