अस्पताल परिसरबाटै लुटिए बिमारी कुरुवा

रिपोर्ट नेपाल | 2019 Jan 31 | 02:14 pm 1544

धरान, माघ १७ : २४सै घण्टा अस्तव्यस्त हुने धरानको प्रतिष्ठित अस्पताल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहिबार बिहान कुरुवा लुटिएका छन् ।

उक्त अस्पतालमा सुरक्षाको लागि भनेर केटिएम सेक्युरिटी प्रालि जिम्मेवारी पाएर भूमिका निर्वाह गरिरहेको छ । लुटपाटको अन्दाजमा सो कम्पनीको लापर्वाहीले बिमारीका कुरुवा लुटिएका भन्ने अनुमान गरेका छन् ।

बिमारीका आफन्त अमृतेश ठाकुरका अनुसार मेडिसिन युनिट १ वार्डमा आज बिहान तीन जना बिमारीका आफन्त लुटिएका छन् । उनीहरुको चार वटा मोबाइल, एक वटा चाँदीको औँठी एउटा बाला र नगद चार हजार ९ सय लुटिएको विर्तामोड घर भएका ठाकुरले जानकारी दिए ।

बिरामी कुरुवा ठाकुरका श्रीमती सम्झना ठाकुरको पित्तथैलीको शल्यक्रिया गरी युनिट १ सर्जरी वार्डमा राखेका थिए । उनका राति चार्ज गरिरहेको बेला उनको मोबाइल हराएको थियो । यस्तै धरानका सनम राईको दुई वटा मोबाइल, ताप्लेजुङकी सीता इजमको दुई वटा औँठी, चुरा, झोला र तीन हजार ४ सय नगद लुटिएको थियो ।

विभिन्न समानहरु मोबाइल, पैसा र गहना लुटपाट भएपछि कुरुवाकै सक्रियतामा लुटेराको खोजी गरी प्रहरीलाई बुझाएका छन् । उक्त समान लुट्नेमा धनकुटा छिन्ताङ घर भएका राम थापालाई नियन्त्रणमा लिइएको हो ।

कुरुवाले नियन्त्रणमा लिएका थापालाई इलाका प्रहरी कार्यालय धरानमा बिहान बुझाएको छ । यस विषयमा अनुसन्धान भइरहेको इप्रकाका प्रहरी नायब उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.