काठमाडाैं, असार १६ः एक साताअघिसम्म कोभिडका बिरामी मात्र भर्ना हुने उपत्यकाका मुख्य अस्पतालहरूमा कोरोनाबाहेकका बिरामी भर्ना हुने क्रम बढ्दै गएको छ। एक सातायता वीर अस्पतालमा अन्य बिरामी भर्ना हुने क्रम बढेको हो। अस्पतालमा विभिन्न खाले बिरामी बढ्न थालेपछि कोभिड अस्पतालको सेवा दिइरहेको राष्ट्रिय ट्रमा सेन्टरलाई हटाएर पुरानै सेवा सञ्चालनमा ल्याइएको छ।
अस्पतालको पुरानो भवनमा रहेको कोभिड सेवा हटाएर नयाँ सर्जिकल भवनमा ५ सय शड्ढयाको सेवामा सीमित गरिएको अस्पतालका युनिफाइड कोभिड अस्पतालका प्रशासन प्रमुख डा. जागेश्वर गौतमले बताए। ‘हामीले अन्य निजी अस्पतालमा महँगो उपचारमा नगई यहाँ उपचारका लागि आउन कोभिडका बिरामीलाई अनुरोध गर्छौं’ उनले भने।
कोभिडका बिरामी आउने क्रम घटेपछि त्रिवि शिक्षण अस्पतालले पनि कोभिडबाहेकका बिरामी भर्ना गरिरहेको अस्पतालको आकस्मिक कक्ष प्रमुख डा. योगेन्द्र शाक्यले बताए। कोभिड महामारीको बखत दैनिक ७० जना कोभिडका बिरामी आकस्मिक कक्षमा मात्र आउने गरेकोमा अहिले दैनिक एकाध जना मात्र आउने गरेको डा. शाक्यले बताए।
टिचिङ अअस्पतालका कोभिड १९ संयोजक डा. सन्त कुमार दासका अनुसार दुई सातादेखि यो अस्पतालमा कोभिड बाहेकाका बिरामी भर्ना हुने क्रम बढेको हो। कोभिडका बिरामीको भर्ना दर घट्दै गएपछि अस्पतालले समस्या जटिल बनिरहेका अन्य बिरामीलाई भर्ना गर्न थालेको हो। नागरिक दैनिकाबट