अस्पतालद्वारा प्रधानमन्त्री ओलीको मिर्गौलाले सामान्य काम गर्न थालेको जानकारी

रिपोर्ट नेपाल | 2020 Mar 05 | 07:07 pm 1648

काठमाडौं, फागुन २२: त्रिवि शिक्षण अस्पताललका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षकृत सुधार देखिएको जनाएको छ । अस्पतालले बिहीबार अपरान्ह पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीको प्रत्यारोपण गरिएको मिर्गौलाले सामान्य रुपमा काम गर्न थालिसकेको जानकारी दिएको छ ।

अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेम कृष्ण खड्गाले ओलीको भिटल तथा ल्याब सूचकहरु सामान्य अवस्थामा रहेको जानकारी दिए ।

यस्तै उनलाई आजदेखि तरल र नरम आहार दिन सुरु गरिएको पनि खड्गाले जानकारी दिए ।

यस्तै प्रधानमन्त्रीलाई मिर्गौला दान दिने समीक्षा संग्रौलाको स्वास्थ्य स्थिति पनि स्थिर रहेको र उनलाई पनि प्रम ओलीलाई जस्तै तरल र नरम आहार दिन सुरु गरिएको अस्पतालले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.