अस्ताए गुल्मी साहित्यका सतिसाल

रिपोर्ट नेपाल | 2019 May 31 | 08:57 am 3598

काठमाडौं, जेठ १७: किरण पुस्तकालय गुल्मीका संस्थापक तथा बरिष्ठ साहित्यकार गुल्मेली थुप्रैथप्रै विद्यार्थीका गुरु भेष बहादुर कुँवरको निधन भएको छ । लामो समय देखि मृगौला रोगबाट पीडित कुँवर नेपालको लोकतान्त्रिक आन्दोलनमा साहित्य क्षेत्र र प्रतयक्ष संलग्न रही योगदान पुर्याएका व्यक्तित्व हुन् ।

किरण पुस्तकालयबाट प्रकाशन हाम्रो पुरुषार्थमा संस्थापक सम्पादक मण्डलमा रहेका कुँवरले थुप्रै गीत समेत लेखेका छन् । कुँवरले धेरै वर्ष पहिला रेडियो नेपालमा गुर्धङको भीरैमा भन्ने गीत आफ्नै स्वरमा रेकर्ड गराएका थिए । कुँवरको स्वरमा रहेको उक्त गीत त्यस बेला ज्यादै चर्चामा रहेको थियो ।

स्वर्गीय कुँवरका तीन छोरा अमेरीकामा छन् भने दुई छोरा नेपालमै रहेका छन् । नेपालमा रहेको छोरा मध्ये रमेश कुँवर राम्रो चित्रकारका रुपमा परिचित छन् भने किरण कुँवर नेपाल प्रहरीमा डिएसपीका रुपमा कार्यरत छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.