असोज २९ गतेदेखि नयाँ नोट सटही गर्न सकिने

| 2023 Oct 09 | 12:11 pm 7137

काठमाडौं, असोज २२ । नेपाल राष्ट्र बैंकले नजिकिदै गरेका दशैं, तिहारलगायत चाडपर्वलाई मध्यनजर गरी  यही असोज २९ गतेदेखि विगतका वर्षहरुमा जस्तै नयाँ नोट सटही सुविधा दिने भएको छ। राष्ट्र बैंकद्वारा जारी गरिएको सूचनामा नयाँ नोट सटही सुविधाबारे जानकारी दिएको हो।

काठमाडौं उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ। वाणिज्य बैंकहरूले नयाँ नोट सटही सुविधा दिन राष्ट्र बैंकबाट त्यस्ता नोट लिनुपर्नेछ।

काठमाडौं उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैंकले सूचना मार्फत जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.