असोज १ गतेदेखी बझाङमा मदिरा ओसार-पसार तथा बिक्री-वितरण गर्ने नपाइने

रिपोर्ट नेपाल | 2018 Sep 02 | 04:57 pm 3504

बझाङ, भदौ १७ : पछिल्लो समय बिभिन्न आपराधिक घटना तथा विकृतिहरू बढ्दै गएपछि बझाङलाई मदिरा निषेधित क्षेत्र बनाउने निर्णय गरेको छ । जिल्ला सभाको दोस्रो बैठकले शुक्रबार जिल्लाका सम्पूर्ण गाउँपालिका तथा नगरपालिकामा मदिरा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो ।

असोज १ गतेदेखी मदिरा ओसार-पसार तथा बिक्री वितरण गर्ने कार्यलाई पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ । जिल्ला सभाको छलफलका क्रममा अधिकांश गाउँपालिकाका अध्यक्षहरूले मदिरा निषेध गर्नु जोखिमपूर्ण कार्य भएको भन्दै नियन्त्रण तिर लाग्ने बताए पनि सभामा बोल्ने उपाध्यक्षहरूले मदिरा निषेध हुनु पर्ने अडान राखेका थिए ।

जयपृथ्बी नगरपालिका उप प्रमुख जुना जाग्रीले मदिराका कारण जिल्लामा विकृति बिसंगती निम्तिको भन्दै मदिरा नियन्त्रण अनिवार्य आवश्यक भएको बताए । उनले सबैले दृढ सङ्कल्प गरेमा यो सहज रूपमा निषेध हुने समेत बताए । मदिरा निषेधका आवाजहरू बेला बखतमा उठी रहने भए पनि बझाङ जिल्लामा भने सम्भव भएको थिएनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.