असार २४ गते कोरोनाकाे खोप लिन नेपाल एयरलाइन्सको जहाज चीन जाने

रिपोर्ट नेपाल | 2021 Jul 02 | 02:26 pm 1753

काठमाडौं, असार  १८ः जुलाई ८ (असार २४) मा कोरोना भाइरस संक्रमणविरुद्धको खोप लिन नेपाल एयरलाइन्सको जहाज चीन जाने भएको छ ।  नेपाल एयर लाइन्सको जहाज खोप लिन जाने तयारी भइरहेको नेपाल एयरलाइन्सका महाप्रबन्धक डिमप्रसाद पौडेलले जानकारी दिएका छन् ।

‘अहिले हामीलाई जुलाई ८ तारिखमा जानको लागि तयारी गर्नु भनेको छ’, महाप्रबन्धक पौडेलले भने, ‘कति डोज खोप ल्याउने भन्ने अहिले भनेको छैन । अहिले १० लाख हाराहारीको लागि तयारी गर्नु भनेको छ ।’

उनले कति खोप ल्याउने भन्ने उडानको अघिल्लो दिन मात्रै थाहा हुने बताएका छन् । यसअघि मन्त्रिपरिषद बैठकले चीनबाट ४० लाख डोज खोप खरिदको लागि स्वास्थ्य मन्त्रालयलाइ अनुमति दिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पर्सीबाट कोरोनाको खोप अभाव नहुने बताएका छन् । उनले अब चीनबाट चाहिए जति खोप आउने बताएका छन् । उनले आज (शुक्रबार) बालुवाटारमा बसेको नेकपा एमाले केन्द्रिय कमिटीको वैठकमा यस्तो जानकारी गराएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.