असल छिमेकी नेपालले पहिरो पिडितलाई राहात बाँड्यो

| 2022 Jul 18 | 04:36 pm 2021

गाेरखा, साउन २ः आरुघाट गाउँपालिका १ श्याम्चेतका पहिरो पिडितलाई राहत सामाग्री वितरण गरिएको छ। असल छिमेकी नेपाल पोखराले गाउँमै पुगेर राहत सामाग्री वितरण गरेको हो।

पूर्ण क्षति भएको तीन परिवार र उच्च जोखिममा रहेका ३७ परिवारलाई राहत सामाग्री वितरण गरिएको असल छिमेकी नेपालका अनुगमन, मूल्यांकन विभाग प्रमुख दिनेश केसीले बताए। पूर्ण क्षति भएका ३ परिवारलाई प्रतिपरिवार दश हजार नौसय पच्चीस रुपैयाँका दरले खाद्य र गैरखाद्य, भाँडा, लत्ता कपडा वितरण गरेको केसीले बताए।

यस्तै, उच्च जोखिममा रहेका ३७ परिवारलाई चार हजार पाँचसय नब्बे रुपैयाँ बराबरको खाद्य तथा गैरखाद्य सामाग्री वितरण गरिएको छ। जसअनुसार उनीहरुलाई चामल, क्वाँटी, रातो दाल, नून, सनफ्लावर खाने तेल, लुगा धुने साबुन पिस, नुहाउने साबुन, कचौरा, स्टील गिलास, देक्ची, कराई, डाडु र डबल साइज ब्ल्याकेट, सिङ्गल साइज ब्ल्यान्केट, बेडशिट तन्ना लगायको सामाग्री वितरण गरिएको उनले जानकारी दिए।

राहत वितरण कार्यक्रममा आरुघाट गाउँपालिकाका प्रमुख राजु गुरुङ, उपप्रमुख कल्पना नेपाली, वडा १ अध्यक्ष गजे घले, वडा ३ अध्यक्ष तथा विपद् तथा वातावरण व्यवस्थापन समितिका संयोजक टेकबहादुर अधिकारी, वडा २ अध्यक्ष रमेश लामिछाने, संस्थाको तर्फबाट असल छिमेकी नेपालका अध्यक्ष भरतबहादुर गुरुङ (अध्यक्ष), कार्यकारी निर्देशक राजु अधिकारी, योजना, अनुगमन, मूल्यांकन विभाग प्रमुख दिनेश के. सी र सारा गुरुङ, बिनिता श्रेष्ठ, दान बहादुर नेपाली, पृथ्वीराज बराल लगायतको सहभागिता रहेको थियो।

प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको अनुरोध र समन्वयमा स्थानीय जनप्रतिनिधि र असल छिमेकी नेपालले पहिरोबाट विस्थापित भएको परिवारलाई खाद्यान्न तथा गैर खाद्य सामाग्री, भाँडा वर्तन, ब्ल्याङ्केट, तन्ना वितरण गरिएको असल छिमेकी नेपालका योजना, अनुगमन, मूल्यांकन विभाग प्रमुखदिनेश केसीले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.