असई साहलाई असुली गर्न भ्याई नभ्याई

| 2023 Oct 04 | 02:50 pm 82693

राैतहट, असोज १७ । जिल्ला प्रहरी कार्यालय राैतहटका घुमुवा विवादित असई श्याम सुन्दर साहको असुली धन्धा तिब्र गतिले अगाडी बढी रहेको समाचार प्राप्त भएको छ । सारा देशभर आर्थिक मन्दीका कारण दशैं दशा बनिरहेको समयमा असई साहलाई भने तस्कर सँग मोलमोलाई गर्दै रकम असुल्न भ्याइनभ्याई भएको छ ।

एक संचारकर्मी मार्फत सुनिल जयसवाल जस्ता नामुद तस्करसँग असई साहको मोलमोलाई पछि तस्कसरीको लाइन खुलाइएको छ । साहले जयसवालका अलवा कान्छा, बरकट,नथुनी यादव, दिनेश केशरी साह जस्ता तस्करसँग पनि हिमचिम बढाइरहेको समाचार स्रोतको दावी छ । नेपाल प्रहरीका सयाैंको संख्यामा असइको सरुवा हुँदा पनि साहलाई राैतहटमै राखिनुका पछाडी उनको ठुलै शक्तीसँग सम्बन्ध भएको अनुमान लगाउन सकिन्छ ।

साहले केही दिन अघि सिमामा गएर एसपी महेन्द्र श्रेष्ठको नाम लिएर एक तस्करसँग पाँच लाख लिएको समाचार स्रोतको दावी छ । यस विषयमा एसपी श्रेष्ठ कति जानकार छन त्यो बुझ्न सकिएन । प्राय: लेनदेन र तस्करसँग नाम जोडिरहने असई साहलाई ठुलै दर्जाका अधिकृतले ओतप्रोत गरेको बताइन्छ । साहले एआइजी मिरा चाैधरीको नाम लिने गरेको एक प्रहरी बताउँछन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.