असई विक हत्याका आरोपी राज्यमन्त्रीको बयान सकियो, थुनछेक बहस जारी

| 2018 Aug 13 | 04:29 pm 2431

जनकपुर, साउन २८ : सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोपी प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माको बयान सकिएको छ ।सोमबार महोत्तरी जिल्ला अदालतमा आत्मसमपर्ण गरेका राज्यमन्त्री शर्माको बयान झन्डै ३ घण्टा लगाएर लिइएको छ।

बयान सकिएलगत्तै महोत्तरी जिल्ला अदालतका मुख्यन्यायधीश ब्रजेश प्याकुरेलको इजलासमा थुनछेकको बहस भइरहेको छ। थुनछेकमा राज्यमन्त्री शर्माको तर्फबाट कानुन व्यवसायी ज्ञानेन्द्र लाल कर्ण, रमेश पाण्डे र देवेन्द्र ठाकुरले बहस गरिरहेका छन्।

उनले अाजै महोत्तरी जिल्ला अदालत जलेश्वरसमक्ष आत्मसमर्पण गरेका थिए । असर्इ हत्या मुद्दामा अदालतले राज्यमन्त्री शर्मालार्इ दोषी ठहर गरेपछि उनी केही समयदेखि ‘फरार अभियुक्त’को सूचीमा थिए । तर सोमबार उनी आफै अदालतमा उपस्थित भएर आत्मसमर्पण गरेका हुन्।

सशस्त्र सीमा सुरक्षाबल जलसागरमा कार्यरत घाइते असई थमन विकको मधेस आन्दोलनका क्रममा आन्दोलनकारीहरुले हत्या गरेका थिए । उनलार्इ उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाटै थुतेर २०७२ भदौ २५ मा हत्या भएको थियो ।

सो घटनामा शर्माको पनि प्रत्यक्ष संलग्नता देखिएको भन्दै कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत महोत्तरीले दोषी ठहर गरेको थियो । उच्च अदालत जनकपुरमा मुद्दा विचाराधीन रहेकै बेला उनी २ नम्बर प्रदेशको राज्यमन्त्री बने । राज्यमन्त्रीको सपथ खाएलगत्तै उच्च अदालतले उनलाई अदालतमा उपस्थित हुन आदेश जारी गरेको थियो तर उनी भने फरार थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.