अश्लिल भिडियो बाहिरिएपछि निरौलाले गरे निवासमा रङरोगन

| 2023 Jul 30 | 03:34 pm 4957

झापा, साउन १४। दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाको महिलासँगको अश्लिल गतिविधि गरेको भिडियो बाहिरिएपछि सरकारी निवासको रङरोगन फेर्न लगाइएको छ।

मदिराको नशामा एक महिलासँग अश्लिल गतिविधि गर्दै गरेको भिडियो टिकटकमा  सार्वजनिक भएर भाइरल भएपछि प्रमुख प्रशासकीय अधिकृत निरौलाले निवासमा आइतबार बिहानैदेखि रङरोगन गर्न लगाएका  हुन् ।

भिडियोका कारण उनी विवादमा तानिएपछि दमक नगरपालिकाले घटनाको छानबिन गर्ने तयारी  गरेको छ । छानबिन हुँदा फस्ने डरले उनले प्रमाण नष्ट गर्नका लागि निवासको बेडरुमको रंग परिवर्तन गरेको समाचार  श्रोतले दाबी गरेको छ ।

सार्वजनिक भएको भिडियोमा निरौला र महिला दुवै मदिराको नशामा देखिन्छन् । महिलाले टिकटकमा लाइभ कुराकानी गरिरहेका बेला निरौलाले उनीसँग अश्लिल गतिविधि गरेको भिडियोमा देखिन्छ ।

आलोचना भएपछि निरौलाले भिडियो काठमाडौंको एक होटलमा आफ्नो जन्मदिन मनाउदा खिचिएको र कसरी सार्वजनिक भयो आफु चकित भएको बताएका छन्।

दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईले प्रमुख प्रशासकीय अधिकृतको कार्य आपत्तिजनक रहेको बताउदै घटनाको छानबिन गर्न नगरपालिकाले समिति बनाउने बताइन्। उपप्रमुख रेगिनाले गलत गर्नेलाई कारवाही गर्नुपर्छ, नगरपालिकाबाट समिति बनाएर अनुसन्धान गर्ने बताएकी छन्।

स्मरण रहोस निरौला यस अघि प्रमुख जिल्ला अधिकारी हुदा पनि यस्तै प्रकरणमा विवादमा परेका थिए।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.