अशिक्षा र गरिबिको फाइदा उठाउँदै मृगौला बिक्री गर्ने  पाँच पक्राउ

रिपोर्ट नेपाल | 2018 Jul 29 | 06:41 pm 2520

चितवन, साउन १३ : दुर्गम क्षेत्रका मानिसहरूको अशिक्षा र गरिबिको फाइदा उठाउदैँ मृगौला बिक्री गर्ने  पाँच जनालाई प्रहरीले  पक्राउ  गरेको छ। विभिन्न आर्थिक प्रलोभन देखाइ भारतको ल्लीमादि लगेर मृगौला झिक्न लगाई त्यसबाट कमिसन खानेहरुलार्इ चितवन प्रहरीले   पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका ४ का ४१ वर्षका हरि परियार भन्ने दुर्गाबहादुर दर्जी, रौतहटको चन्द्रपुर नगरपालिका-४ का ३५ वर्षका बिक्रम पहरी, मकवानपुरको बकैया गाउँपालिका ५ का २८ वर्षीय प्रकाश तामाङ, मोरङको बयरबनका ३४ वर्षीय दीपक लिम्बु र रसुवाको उत्तरगया गाउँपालिका ३ का २८ वर्षीय विशाल नेपाली रहेका प्रहरीले जानकारी दिएको छ ।

मृगौला बिक्री गर्ने समूहका विक्रम पहरी, प्रकाश तामाङ र दीपक लिम्बूलाई साउन १ गते चितवनबाट र उनीहरूको बयानका आधारमा दुर्गाबहादुर दर्जीलाई काठमाडौंबाट र विशाल नेपालीलाई रसुवाबाट साउन ४ मा पक्राउ गरी मुद्दा चलाइएको ढकालले आइतबार सार्वजनिक सूचना जारी गरी जानकारी दिएका हुन्।

उनीहरूमध्य दुर्गा परियार बाहेकका अन्यले अरू तस्करहरूको सम्पर्कबाट भारतको विभिन्न अस्पतालहरूमा गई १,१ वटा मृगौला बिक्री गरेको स्वीकार गरेको र अरुलाई पनि लगेर मृगौला बिक्री गर्न लगाएको जनाइएको छ। एकजनाको मृगौला बिक्रीबाट एकलाखसम्म कमिशन लिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

उनीहरूविरुद्ध मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको चितवन प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.