“यो पृथ्वी भगवानको सम्पत्ति हो । तर, हामी, सभ्य भनाउँदा मानिसहरुले व्यष्टिगत एवम् समष्टिगतरुपमा भगवानको सम्पत्तिमाथि आफ्नो स्वमात्वि दाबी गरिरहेका छौं । मानव समाजमा शान्ति बहाली गर्नुछ भने यस्तो झठो स्वामित्वको धारणालाई मन–मस्तिष्कबाटै झिकेर फ्याँकिदिनुहोस् …”
अर्काको सम्पत्तिमाथि हस्तक्षेप गर्दै आफ्नै स्वामित्व दाबी गर्नु र प्रकृति विरुद्ध कदम बढाई अशान्ति फैलाउनु नै आधुनिक सभ्यताको ठूलो गल्ती हो । प्रकृतिका नियमहरु अत्यन्त कठोर छन् । कुनै पनि प्राणीले तिनलाई उलंघन गर्न सक्दैन । जो भगवान् श्रीकृष्णको शरणगत भक्त बनेको छ, उसले मात्र प्रकृतिको कठोर शासनबाट सजिलै पार गरी यस संसारमा सुखद् एवम् शान्तिपूर्ण जीवन बिताउन सक्छ ।
कुनै राज्यको सुरक्षा व्यवस्था कानुन तथा रक्षा विभागद्वारा हेरिएको हुन्छ भने यही सानो पृथ्वीसमेत समन्वित रहेको विश्व ब्रम्हण्डरूपी विशाल राज्यको सुरक्षा व्यवस्था प्रकृतिको नियम कानुनद्वारा हेरिएको छ । भगवान् सम्पूर्ण सृष्टिका स्वामी हुनुहुन्छ । यो प्रकृति आफैँमा उहाँका विविध शक्तिहरुमध्ये एउटा अजेय शक्ति हो । तसर्थ, यो पृथ्वी पनि भगवानको सम्पत्ति हो । तर, हामी सभ्य भनाउँदा मानिसहरुले व्यष्टिगत एवम् समष्टिगतरुपमा भगवान्को सम्पत्तिमाथि आफ्नो स्वामित्व दाबी गरिरहेका छौं । मानव समाजमा शान्ति बहाली गर्नुछ भने यस्तो झठो स्वामित्वको धारणालाई मन–मस्तिष्कबाटै झिकेर फ्याँकिदिनुहोस् । मानव जातिले पृथ्वीमाथि यसरी झुठो स्वात्वि दाबी गर्नु नै पृथ्वीमा देखिएका सबैथरी अशान्तिका एवम् अव्यवस्थाको मूलभूत कारण हो ।
अहिलेका अधिकांश मानिसहरु नास्तिक भएकाले यी मुर्ख तथा कथित सभ्य मानिसहरुले भगवान्को सम्पत्तिमाथि स्वामित्व दाबी गरिरहेका छन् । नास्तिक समाजमा कसैले पनि सुखी एवम् शान्तिपूर्ण जीवन बिताउन सक्दैन । भगवद्गीतामा भगवान् श्रीकृष्ण हुनुहुन्छ, उहाँ समस्त यज्ञ, तप, व्रतादि कर्महरुका भोक्ता हुनुहुन्छ । उहाँ सबै लोकहरुका महेश्वर हुनुहुन्छ र उहाँ नै प्राणीमात्रका शुभेच्छुक साथी हुनुहुन्छ । जब विश्वका मानिसहरुले भगवानको सही उद्घोषलाई शान्ति–सूत्रका रुपमा बुझ्ने छन्, तब मात्र विश्वमा सर्वत्र शान्ति स्थापित हुन सक्नेछ ।
त्यसैले विश्वभरि शान्ति स्थापना गर्नुछ भने हरेक मानिस कुष्णभक्तिमा समर्पित हुनुपर्दछ । यदि भगवन्नाम सङ्कीर्तन गरियो भने व्यक्ति, समाज र राष्ट्रमा सबैतिर शान्तिपूर्ण वातावरण सिर्जना गर्न सकिनेछ । विश्वमा शान्ति बहाली गर्ने यही नै एकमात्र निर्दिष्ट प्रकृया हो । हामीले विश्वसामु हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे । हरे राम हरे राम राम राम हरे हरे ।। नामसङ्कीर्तन प्रस्तुत गरिरहेका छौं । सधैँ यो नामसङ्कर्तिन गरौँ, नृत्य गरौँ र सदाचार सम्पन्न भगवद्भक्त बनौँ ।
यो नामसङ्कीर्तन यज्ञ सम्पन्न गर्न सजिलो, सरल र व्यावहारिक छ । लगभग पाँच सय वर्षपूर्व भारतको श्रीधाम मायापुर नवद्वीपबाट प्रेमावतार श्रीचैतन्य महाप्रभुले आफ्ना अङ्ग, उपाङ्ग एवम् पार्षदहरुसहित यो नामसङ्कीर्तन आफ्नो जीवन यात्रामा तरङ्गित तुल्याउनुहोस्, भगवद्गीता यथारुप पढेर आफ्नो शाश्वत बोध गर्नुहोस् र सर्वेश्वर भगजान् श्रीकृष्णसँग छुटेको सम्बन्ध फेरि जोड्नुहोस् । यति गरे विश्वभरि शान्ति र समृद्धि हावी हुने छ । अात्मविज्ञान